काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूको हिरासत र डिपोर्टलाई देशभर विस्तार गर्न आदेश दिएका छन् । उनका आप्रवासी नीतिहरूको विरोधमा प्रदर्शनहरू जारी रहेका बेला यो निर्देशन आएको हो ।
आफनो सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा, ट्रम्पले संघीय निकायहरूलाई “अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो सामूहिक निर्वासन कार्यक्रम” कार्यान्वयन गर्न “सम्पूर्ण शक्ति प्रयोग गर्न” निर्देशन दिएका छन्।
उनले विशेष रूपमा लस एन्जलस, सिकागो र न्युयोर्क जस्ता सहरहरूलाई लक्ष्य बनाउने बताएका छन्। ती राज्यहरुमा ६ जुनदेखि गैरकानुनी आप्रवासीहरूमाथिको छापा विरुद्ध ठूला प्रदर्शनहरू भइरहेका छन्।
ट्रम्पले प्रदर्शनहरूप्रति अपनाएको कठोर प्रतिक्रियाको कारण, विशेष गरी सेनाको प्रयोग गरेर प्रदर्शनहरू दबाउने प्रयासका लागि कानुनी चुनौती र आलोचना खेप्नुपरेको छ।
“मैले मेरो सम्पूर्ण प्रशासनलाई यो प्रयासमा उपलब्ध सबै स्रोत प्रयोग गर्न निर्देशन दिएको छु।” साथै, उनले “ अमेरिकाको आन्तरिक शान्तिलाई विफल पार्न खोज्ने कुनैपनि व्यक्तिलाई देशभित्र प्रवेश गर्न नदिने” वाचा पनि उनले गरेका छन्।
ड्रग एनफोर्समेन्ट एड्मिनिस्ट्रेसन (डीइए) र इमिग्रेशन एण्ड कस्टम्स एनफोर्समेन्ट (आइस) लगायतका संघीय निकायहरूलाई सम्बोधन गर्दै उनले लेखेका छन्, “तपाईंहरूलाई मेरो दृढ समर्थन छ। उनले अघि बढ्न र काम सम्पन्न गर्न निर्देशन समेत दिएका छन ।
यो पोस्ट ट्रम्पको ७९औं जन्म