मध्यपूर्वमा शान्ति स्थापनाको लागि इजरायल सबैभन्दा ठूलो बाधक : राष्ट्रपति एर्दोगान - MirrorNepal.com

मध्यपूर्वमा शान्ति स्थापनाको लागि इजरायल सबैभन्दा ठूलो बाधक : राष्ट्रपति एर्दोगान


  • Mirror Team ६ असार २०८२, शनिबार २२:०६:५४

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मध्यपूर्वमा शान्ति स्थापनाको लागि इजरायल सबैभन्दा ठूलो बाधक भएको बताएका छन् ।

उनले अमेरिका र इरानबीचको छैटौं चरणको आणविक वार्ताको ठीक अगाडि इजरायलले गरेको आक्रमणको उद्देश्य वार्ता असफल पार्नु रहेको बताए ।

इस्तानबुलमा भएको कूटनीतिक सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले इजरायलको कार्यलाई “खुला लुटपाट” भनेर वर्णन गरे । उनले इजरायलले मध्यपूर्वलाई अस्थिर बनाउन खोजेको आरोप लगाए ।

एर्दोगानले भने, “बेन्जामिन नेतान्याहूको सरकार यस क्षेत्रमा शान्तिको लागि सबैभन्दा ठूलो बाधा साबित भइरहेको छ । जुन १३ मा भएको आक्रमणमार्फत नेतान्याहू सरकारको वास्तविक उद्देश्य वार्ता प्रक्रियालाई पटरीबाट उतार्नु थियो ।”

यस सम्मेलनमा इरानका विदेशमन्त्री अब्बास अराघची पनि उपस्थित थिए । बिबीसी

तपाईको बिचार