अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्ताव इजरायलद्वारा स्वीकार - MirrorNepal.com

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्ताव इजरायलद्वारा स्वीकार


  • Mirror Team ९ असार २०८२, मङ्गलबार १४:५२:४९

मध्यपूर्वमा शान्तिको संकेत

काठमाडौँ । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार गरेको गरेको छ । इजरायलले एक विज्ञप्ति जारी गर्दै युद्धविराम स्वीकार गरेको घोषणा गरेको हो ।

युद्धविरामबारे इजरायलको यो पहिलो औपचारिक प्रतिक्रिया हो । विज्ञप्तिमा भनिएको छ, ‘इरानमाथि करिब दुई सातासम्म चलेको आक्रमणपछि इजरायलले आफ्ना सबै लक्ष्यहरू मात्र पूरा गरेको छैन, त्योभन्दा पनि धेरै अगाडि बढेको छ ।’

इरानले अझै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

इजरायलले भनेको छ, ‘हामीले आणविक र ब्यालिस्टिक क्षेप्यास्त्रसँग जोडिएको तत्कालीन र दोहोरो अस्तित्वगत खतरा समाप्त गरेका छौं । आईडीएफ (इस्राएली डिफेन्स फोर्स)ले तेहरानको आकाशमा पूर्ण हवाई नियन्त्रण कायम गरेको छ, इरानी सैन्य नेतृत्वमाथि गम्भीर चोट पुर्‍याएको छ र इरानका दर्जनौँ प्रमुख शासकीय लक्ष्यहरू ध्वस्त पारेको छ ।’

इजरायलले राष्ट्रपति ट्रम्प र अमेरिकालाई इरानी आणविक खतरा समाप्त गर्न दिएको सैन्य समर्थनका लागि आभार प्रकट गरेको छ ।

विज्ञप्तिको अन्त्यमा चेतावनी दिइएको छ, ‘यदि युद्धविरामको उल्लंघन भयो भने इजरायलले कठोर जवाफ दिनेछ ।’ -एजेन्सी

तपाईको बिचार