काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण र घर खरिद गर्दा प्रवाह गरिने कर्जाको सिमा बढाएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति मार्फत घर निर्माण र खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाएको बताएका हुन् ।
यस्तै, उनले दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने बताए । उनले भने, ‘दोस्रो वित्तिय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने छ। निजी आवासिय, घर निर्माण गर्न र खरिद गर्न प्रवाह गरिने कर्जाको सिमा रु २ करोडबाट बढाएर, ३ करोड कायम गरिने छ। पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जाको लागि कर्जा मूल्य अनुपात बढिमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढिमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था मिलाइने छ।’
न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तिय संस्थाहरुले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांक गरि १० लाखसम्म कृषि वा व्यवसाय कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने भएको छ।
तपाईको बिचार