सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा एक हजार तीन सय रुपैयाँ घट्यो - MirrorNepal.com

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा एक हजार तीन सय रुपैयाँ घट्यो


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी २ हजार ३१५ रुपैयाँमा कायम भएको थियो ।

तपाईको बिचार