आज तोलामा २ हजारले घट्यो सुन - MirrorNepal.com

आज तोलामा २ हजारले घट्यो सुन


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँ घटेर ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको बिचार