प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता - MirrorNepal.com

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता


  • Mirror Nepal २३ पुष २०८२, बिहिबार २१:४०:५८

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो दुई जनाबिच भेटवार्ता भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले बताए ।

दिउँसो ११ बजेदेखि साढे २ बजेसम्म प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबिच कुराकानी भएको हो ।  भेटवार्तामा फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको बताइएको छ ।

भेटमा विशेष त निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार पुगेका ओलीले त्यसबाहेक प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्रीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले एमाले निर्वाचन केन्द्रित गतिविधिमा सहभागी भएकोमा खुसी प्रकट गर्दै बदलिएको परिस्थितिमा पार्टीको महाधिवेशन समेत गरेर चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक गतिविधि गरेकोमा धन्यवाद दिएकी थिइन् । कार्कीसँगको संवादका क्रममा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने विश्वास दिलाएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर

उत्तर कोरियाद्वारा जापानी समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार
उत्तर कोरियाद्वारा जापानी समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार
Mirror Nepal
२९ फागुन २०८२, शनिबार १९:३२:१४

काठमाडौँ । उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १:२० बजे ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको संयुक्त प्रमुख स्टाफले विज्ञप्तिमार्फत जनाएको छ। क्षेप्यास्त्रहरू करिब ३५० किलोमिटर दूरीसम्म प्रहार गरिएको बताइएको छ। दक्षिण कोरियाली सेना ‘कुनै पनि उक्साहटको जवाफ दिन’ तयार रहेको संयुक्त प्रमुख स्टाफले जनाएको छ। जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत प्रक्षेपणको पुष्टि गर्दै उक्त ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाटै प्रक्षेपण गरिएको जनाएको छ। दक्षिण कोरियाली प्रधानमन्त्री किम मिन–सिओकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङका नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने निर्णय गरेको केही समयपछि यो घोषणा आएको बताएका छन्। वासिङ्टनले दशकौँदेखि उत्तर कोरियाको आणविक कार्यक्रम अन्त्य गर्ने प्रयासको नेतृत्व गरिरहेको जनाइएको छ। ट्रम्प प्रशासनले पछिल्लो समय प्योङयाङसँग उच्चस्तरीय वार्तालाई पुनर्जीवित गर्न दबाब दिँदै आएको छ। अक्टोबरमा एसियाको भ्रमणका क्रममा ट्रम्पले किम जोङ–उनसँग भेटका लागि आफू खुला रहेको बताएका थिए भने उत्तर कोरियाले उक्त टिप्पणीको जवाफ दिएको थिएन। महिनौँसम्म ती प्रस्तावहरूलाई धेरै हदसम्म बेवास्ता गरेपछि किम जोङ–उनले हालै वासिङ्टनले प्योङयाङको आणविक स्थितिलाई स्वीकार गरेमा दुई राष्ट्रबीच मेलमिलाप हुन सक्ने बताएका छन्। हाल विश्वको...