काठमाडौं । सेयरबजार परिसूचक नेप्सेमा मंगलबार केही सुधारात्मक संकेत देखा परेको छ । जम्मा ४.९० अंकले नेप्से सूचक बढेको यसदिन झण्डै ७ अर्बको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४.९० अंकले बढ्दै २ हजार ६३९.९१ बिन्दुमा उक्लिएको छ ।
यसदिन ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको एक करोड ३६ लाख २४ हजार कित्ता शेयर दोस्रोबजारमा कारोबार भएको छ ।तथापि, आज बैंकिङ समूह, फाइनान्स, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक भने ऋणात्मक बन्न पुगेका छन् ।
११८ कम्पनीको शेयर मूल्य बढ्दा आज १३४ कम्पनीको मूल्य घटेको छ । सबैभन्दा बढी कमाउनेमा थ्री स्टार हाइड्रोपावरको शेयार मूल्य आज १० प्रतिशतले बढेको छ भने दोर्दी खोला जलविद्युत् कम्पनीको मूल्य ९.३८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमानेमा भने आज रसुवागढी हाइड्रोपावर कम्पनी रहेको छ । जसका शेयरधनीहरूले आज ६.०९ प्रतिशतले गुमाएका छन् ।
आज रिडी जलविद्युत् कम्पनीको सबैभन्दा बढी ५४ करोड ६५ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भएको छ भने एसवाई प्यानल नेपालको ३४ करोड ८१ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
तपाईको बिचार