विशेष महाधिवेशन पक्षले देउवाको राजीनामा मागेपछि जुटेन सहमति - MirrorNepal.com

विशेष महाधिवेशन पक्षले देउवाको राजीनामा मागेपछि जुटेन सहमति


काठमाडौँ । नेपाली कांग्रेस पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि महाधिवेशन विशेष पक्ष र  संस्थापन पक्षका नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुहुने भनिए पनि पार्टीका नेताबीच विवाद समाधानका लागि छलफल जारी रहेको छ ।

अन्य विषयमा विवाद नदेखिए पनि देउवाको राजीनामाको विषयमा विवाद देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

नेतृत्वले राजीनामा गर्ने वा राजनीति छोड्ने भन्ने महाधिवेशन विशेष पक्षको मागमा कुरा नमिल्दा संवाद रोकिएको हो।

वार्तामा विशेष महाधिवेशनको पक्ष (गगन-विश्व) बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी छन्।

सभापति शेरबहादुर देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी हुँदा शेखर कोइरालाको समूहबाट सहमहामन्त्री जीवन परियार सहभागी छन्।

पार्टीमा विवाद समाधानका लागि प्रयासरत रहेका दुवै पक्षका नेता वार्ता रोकेर शीर्षनेतालाई भेट्न गएका छन्।

मंगलबार साँझ तीनै पक्षका सदस्यले वार्ता रोकेका छन्। काठमाडौँको बासबारीस्थित वार्तास्थलबाट दुवै पक्षका नेता शीर्षनेतालाई भेट्न गएको वार्तामा सहभागी प्रदीप पौडेलले जानकारी दिए।

वार्तामा सहभागी नेताहरूका अनुसार, अहिलेसम्म विशेष महाधिवेशनको स्वामित्व लिने विषयमा संस्थापन पक्षका नेता सहमत देखिएका छन्। त्यस्तै, विशेष महाधिवेशनले गर्ने निर्णय कार्यान्वयन गर्न पनि लचक देखिएका छन्।

तर, महामन्त्रीद्वय थापा र शर्माका पक्षबाट वार्तामा सहभागी नेताहरूले नेतृत्व परिवर्तनको विषय उठाएका छन्। उनीहरूले आगामी वैशाखमा हुने १५औँ महाधिवेशनसम्म अन्तरिम नेतृत्व गठन गर्नुपर्ने सर्त राखेका छन्। त्यसमा संस्थापन पक्षले सहमति जनाएको छैन।

यसअघि मंगलबार बिहान लाजिम्पाटमा पनि वार्ता भएको थियो। त्यसपछि उनीहरूले आ-आफ्नो पक्षका शीर्षनेतासँग छलफल गरेका थिए। आज पनि शीर्षनेतासँगको छलफलपछि थप वार्ता हुनसक्ने जनाइएको छ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा यही पुस २७ गतेदेखि आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र जारी छ।

तपाईको बिचार