काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएको निर्वाचन समिति स्रोतको भनाइ छ ।
कांग्रेस विधानमा दुई जना महामन्त्री रहने उल्लेख छ । सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ ।मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।
‘मनोनयन दर्ताको समय सकियो । अब उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं, ’ निर्वाचन समितिका संयोजक सीताराम केसीले भने ।
तपाईको बिचार