सुनचाँदी दुवैको मूल्यमा गिरावट - MirrorNepal.com

सुनचाँदी दुवैको मूल्यमा गिरावट


काठमाडाैं । चैत्र महिनाको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला २२५ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रवार सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँ थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । मेटल डेलीले जनाएअनुसार आज सुन प्रतिऔंश ७९.२१ डलरले घटेको छ भने चाँदी ३.५४ डलरले घटेको छ ।

मूल्य घटेसँगै अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश ५ हजार १८ डलर र चाँदी प्रतिऔंश ८० डलरमा किनबेच भइरहेको मेटल डेलीले जनाएको छ ।

तपाईको बिचार