काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सुनको मूल्य १२ हजार ५ सय रुपैयाँले घटेको थियो।
यसरी हेर्दा, एक साताको अवधिमा सुनको मूल्य कुल ३४ हजार रुपैयाँले घटिसकेको छ। गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने हालसम्मकै उच्च मूल्य माघ १५ गते ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
नेपाली बजारमा पछिल्ला दिनमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य घटने क्रम जारी छ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहँदा नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यो मूल्य अघिल्लो दिन आइतबारको भन्दा ६ हजार ५०० रुपैयाँ कम हो । यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको थियो ।
तपाईको बिचार