नेप्से सूचक ५ अंकले बढ्दा कारोबार रकम घट्यो - MirrorNepal.com

नेप्से सूचक ५ अंकले बढ्दा कारोबार रकम घट्यो


काठमाडौँ। शेयरबजार परिसूचक नेप्सेमा आज सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ५४ अंकमाथिले बढेर २ हजार ९३१.५५ बिन्दुमा उक्लिएको नेप्से सूचक आज थप ५.०१ अंकको वृद्धि भएको हो ।

तथापि, आज कारोबारमा भने तीब्र गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ५ अंकले नेप्से बढेको बजारमा आज १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ ।

अघिल्लो दिन २३ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बैंकिङ समूह, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, जीवन र निर्जीवन बीमा समूहसँगै ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

आज १०२ कम्पनीको शेयर मूल्य बढ्दा १५४ कम्पनीको मूल्य घट्न पुगेको छ । रिलायन्स स्पिनिङ मिल्ससहित चारवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

तपाईको बिचार