सुन र चाँदीको मुल्यमा गिरावट - MirrorNepal.com

सुन र चाँदीको मुल्यमा गिरावट


  • Mirror Nepal २२ चैत २०८२, सोमबार २२:०४:१४

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले घट्दै आज ४ हजार ७८० रुपैयाँमा झरेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको बिचार