काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा अमेरिका र इरानबीच वार्ता हुने दावी गरेपछि इरानले त्यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै आगामी दिनमा अमेरिकासँग कुनै पनि तहमा वार्ता नहुने स्पष्ट पारेका हुन् ।एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा अमेरिका र इरानबीच महत्त्वपूर्ण वार्ता हुने दाबी गरेका छन्।
उनले उक्त वार्ताका लागि इरान आफैँले अनुरोध गरेको पनि बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाको प्रमुख उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको स्पष्ट पारे।
उनका अनुसार वार्ता जुन १७ मा दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्र (एमओयू) लाई कार्यान्वयनतर्फ अघि बढाउने विषयमा केन्द्रित हुनेछ।
अमेरिकी अधिकारीहरूका अनुसार विशेष दूत स्टिभ विटकफ वार्ताका लागि दोहातर्फ प्रस्थान गरिसकेका छन्। यद्यपि ट्रम्पका ज्वाइँ जेरेड कुसनर पनि टोलीमा सहभागी छन् वा छैनन् भन्नेबारे आधिकारिक पुष्टि भएको छैन।
तर ट्रम्पको दाबीलाई इरानले तत्काल अस्वीकार गरेको छ। इरानको विदेश मन्त्रालयले अमेरिकासँग कुनै पनि स्तरमा राजनीतिक वार्ताको तालिका तय नभएको स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार इरानले दोहामा विशेषज्ञहरूको प्रतिनिधिमण्डल मात्र पठाउनेछ, जसले समझदारी पत्रलाई अगाडि बढाउने तथा कतारमा रोकिएका इरानी सम्पत्ति फुकुवालगायत प्राविधिक विषयमा काम गर्नेछ।
‘अमेरिकी पक्षसँग कुनै पनि स्तरमा वार्ता बैठक तय गरिएको छैन,’ उनले भने, ‘अमेरिकी प्रतिनिधिहरूको कतार भ्रमण र इरानी प्रतिनिधिमण्डलबीच कुनै सम्बन्ध छैन।’
बीबीसी फारसीका अनुसार इरानका उपविदेशमन्त्री तथा प्राविधिक वार्ता टोलीका प्रमुख काजेम घरिबादीले पनि यस साता अमेरिका–इरानबीच कुनै वार्ता तय नभएको बताएका छन्।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानकै अनुरोधमा मंगलबार दोहामा दुवै देशका प्रतिनिधिबीच वार्ता हुने दाबी गरेका थिए । एजेन्सी
तपाईको बिचार