काठमाडौं । नेपालको सेयर बजारको इतिहासामा पहिलोपटक बजार पूँजीकरण ५० खर्ब माथि पुगेको छ । नेप्से परिसूचक ३०.७६ अंकले बढेको आज बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड ४५ लाख २ हजार ३४७ रुपैयाँ पुगेको हो ।
यो सँगै आज लगानीकर्ताहरुको सम्पत्ति ५१ अर्बले बढेको छ । अघिल्लो दिन बजार पूँजीकरण ४९ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । आज फ्लोट मार्केट क्यापिटलाइजेसन पनि १७ खर्ब माथी पुगेको छ ।
आज नेप्से परिसूचक पनि ४ वर्षकै उच्च कायम भएको छ । आज नेप्से परिसूचक विसं २०७८ साल भदौ २ गते पछिकै उच्च विन्दुमा पुगेको छ । २०७८ भदौ २ गते नेप्से परिसूचक ३ हजार १९८ विन्दु बन्द भएको थियो ।
त्यसपछि २०७८ साल भदौ १६ गते ३ हजार विन्दुबाट तल खसको बजार आज ४ वर्षपछि पहिलोपटक ३ हजार माथि बन्द भएको हो ।
गत वर्षको साउन ३१ गते परिसूचक ३०००.८१ विन्दुमा पुगेर बन्द भएको थियो । त्यसयता नेप्सेमा ३ हजार विन्दु पार भएकाे थिएन ।
आज ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ बराबरको कारोबार भएको छ ।
तपाईको बिचार