पूर्वराजा ज्ञानेन्द्र जनकपुरमा, जानकी मन्दिर दर्शन गर्ने - MirrorNepal.com

पूर्वराजा ज्ञानेन्द्र जनकपुरमा, जानकी मन्दिर दर्शन गर्ने


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका छन् । शाह आईतबार बेलुकी जनकपुरधाम आईपुगेका हुन्। मधेश र देशभर राजनीतिक गर्मी बढेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका हुन्।

पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी जनकपुरधाम आईपुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत मुल समारोह समिति धनुषाका संयोजक श्रवण कुमार झाले जानकारी दिए । उनीसंगै पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह पनि जनकपुरधाम आईपुगेकी छन् ।

पूर्वराजा शाह र पूर्वरानीले आज दिउँसो ३ बजे जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको संयोजक झाले जानकारी दिए । उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।

केही दिन अघि रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभामा सहभागी हुन काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह बालेन, रवि लामिछाने लगायतका नेताहरु बसेको होटेलमा पूर्व राजाका छोरा पारस शाहसमेत बास बसेका थिए ।
नयाँ तथा पुराना राजनीतिक दलका नेताहरु मधेशमा जाँदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाममा जानुलाई चासो पुर्वक हेरिएको छ।

तपाईको बिचार